धनसिंह धामी कञ्चनपुर, १८ जेठ

युवा पिडिलाई सक्रिय भएर राष्ट्र समृद्धिको मार्गमा डो¥याउन १७ बासखेडाका नैन सिह पाल प्रेरणाका श्रोत बनेका छन । आत्म निर्भर बन्दै समृद्ध राष्ट्रको परिकल्पना गर्न र राष्ट्रको स्वभिमानको रक्षा गर्न स्वयमले नै महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्छ भन्ने पाठ सिकाउने पाल सिद्दनाथ मावि बडैपुरका शिक्षक हुन । उहाले शिक्षक पेशालाई निरन्तरता दिदै अन्य युवाहरुले पनि राष्ट्रलाई समृद्ध बनाउन अहम भुमिका निर्वाह गर्नु पर्छ भन्ने अभिप्रायले आफुले थोरै भएपनि कृर्षि र उद्यमशिल व्यवसायतिर लागेको बताए।

भारतको पटक पटकको नाकाबन्दिले निमत्याएको एउटा समस्या सागतरकारीको हो जसलाई थोरै भएपनि घरमा खानका लागि उत्पादन गर्न सकिन्छ भनेर लागेको र पछि बारीबाट मनग्य फलेपछि बजारतिर बिक्रि गर्दैजाँदा घरखर्चमा पनि टेवा पुगेको हुदा यस तर्फ झन आर्कषित बन्दै गएको बताए ।
केहि समय पुर्व घरको प्रयोजनको लागि पिल्लर बनाएका पालले विश्वमा कोरोनाको माहामारी संकट बढि रहेका बेला देशमा लकडाउनको समय चलिरहदा घरमै खालि समयलाई सदुपयोग गर्न आफुले हासिल गरेको सिप सदुपयोग गर्दै अहिले पिल्लर बनाएर बिक्रि बितरण गर्दै राम्रो आम्दानिको श्रोत जुटाएका छन ।

उहाको सुरुवाति यस ब्यवसायमा आफ्ना छोरा भतिजि लगायतलाई काममा लगाएर सिंगो परिवार नै लागेको बताएका छन । उहाले गरेको कामले निरन्तरता पाएपछि बेरोजगार युवाहरुलाई रोजगार दिन सकिने बताउछन ।

 

करिब एक महिना अघिदेखि घर मै पिल्लर बनाउने काम थालेपछि बिभिन्न ठाउँदेखि पिल्लरको अडर आउन थालेको जसले गर्दा आफ्नो कार्यमा थप हौसला मिलेको पाल बताउछन । हालसम्म ७ सय ५० पिल्लर बनाई सकेको बताउने पालले ५ सय पचासका दरले २ सय ४५ पिल्लर बिक्रि गरी सकेको बताए । अहिले चिनजानका साथिहरुको मात्र अडर आएको र पछि बिस्तारै प्रचार भएपछि यसको माग बढ्न सक्ने हुनाले यस कार्यलाई निरन्तरता दिईरहने उहाले बताए ।

प्रतिक्रिया दिनुस