डम्मर भट्ट कञ्चनपुर, २० जेठ

सुदूरपश्चिम प्रदेश बैतडीको डिलाशैनी गाउँपालिकामा खाद्यान्न खरिदमा चरम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ । स्थानीय जयराज जोशीले मंगलबार गाउँपालिकाले चामल खरिदमा भ्रष्टाचार गरेको भन्दै बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी दिएका हुन् । गाउँपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहरा र प्रमुख प्रशासकिय अधिकृत महेशदत्त भट्टको मिलोमतोमा चरम भ्रष्टाचार गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

 

 

गाउँपालिका ७ नम्बरका स्थानीय एव डिलाशैनी संघर्ष समितिका संयोजक जोशीले अख्तियारमा दिएको उजुरीमा ०७७ बैशाख १० मा एउटा सुचना प्रकासित गरि खाद्यान्न समाग्री ५० हजार केजी चामल, ४ हजार केजी दाल, ४ हजार किलो आयोडिन नुन, २ हजार लिटर खाने तेलको टेण्डर आब्हान गरेको उल्लेख गरिएको छ । ‘टेन्डर विभिन्न सप्लायर्सले आवेदन फर्म बुझाएका थिए, सबैभन्दा कम मुल्य राजश्री फुड ईन्ड्ष्ट्रिज प्रालि कैलालीको थियो, ‘उजुरीमा उल्लेख गरिएको छ, ‘३२ लाख ७० हजारमा ।’ ४०४९ मा उजुरी दर्ता भएको छ । राजश्री फुड ईन्ड्ष्ट्रिज प्रालिबाट गाउँप्रमुख बोहरा प्रमुख प्रशासकिय अधिकृत भट्टले कमिसन मागेको आरोप लगाईएको छ । कमिसन नदिएपछि कम टेण्डरवालाको रद्द गरेर आफन्तलाई टेण्डर दिलाएको आरोप लगाईएको छ । मिलोमतोमा ३७ लाखमा खरिद गरेर ४ लाख ७० हजार भ्रष्टाचार गरेको देखिने उजुरीमा उल्लेख गरिएको छ । गाउँपालिकाले सुचना लुकाएकाको उजुरीमा गुनासो छ । गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले अख्तियारले छानबिन गरोस, हामी छानबिनमा सहयोग गर्ने बताए ।

 

 

मुद्दा नै अख्तियारमा गएपछि हामीले भन्नु छ भन्दै उनले धेरै प्रतिकृया दिएनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता टोप बहादुर विष्टले आएका उजुरीमाथि छानबिन हुने बताए । उनले अहिले कोरोनाका कारण भएकाले इमेल मार्फत डकुमेण्ट मगाएर छानबिन गर्ने बताए । कोरोना महामारीका बेला गाउँपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतमाथि लागेको आरोपमा स्थानीयले समेत छानबिनको माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुस