डम्मर राज भट्ट कन्चनपुर, २० जेठ

नेपाल कृषि प्राबिधिक एसोसिएसन (NATA) सुदुरपश्चिम प्रादेशिक समितीले हाल बिश्व महामारीका रुपमा देखिएको (कोभिड १९) कोरोना भाईरसका कारण निकट भविश्यमा सुदूरपश्चिम प्रदेशमा आउन सक्ने खाध्य शंकट तथा भोकमरिको अबस्था लाई मध्यनजर गर्दै पुर्ब सचेतना र सतर्कताका लागि नेपाल कृषि प्राबिधिक एसोसिएसन (NATA) बाट गर्न सकिने प्रयास र लगत्तै हुने सु.प.प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्र लाई उच्च प्राथमिकता मा राख्न पहल गर्नका लागि भिडियो कन्फ्रेन्स मार्फत छलफल गरिएको नेपाल कृषि प्राबिधिक एसोसिएसन (NATA) सुदुरपश्सिम प्रदेशका सह(सचिव जनक सिहले बताउनु भएको छ । भिडियो कन्फ्रेन्समा बिभिन्न् निकायका प्राबिधिक,कार्यालय प्रमुख, जिल्ला कमिटी र केन्द्रिय कमिटीका पदाधिकारी ज्युहरु तथा कृषि बिकास मन्त्रालय, कृषि बिकास निर्देशनालय ,कृषि ज्ञानकेन्द्र ,कृषि फार्म केन्द्र ,प्रयोगशालाहरु ,कृषि बिकास शाखा लगाएत विभिन्न कृषि सङ सम्बन्धि सरकारी एबम गैरसरकारी निकाएमा कार्यरत तथा अन्य सम्पुर्ण कृषि प्राबिधिकहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुस