कञ्चनपुर, २९ जेठ

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना रोकथाम मात्र होईन संक्रमण फैलिन नदिन सरकारले तीन महिनादेखि सीमा नाका पूर्णशिलबन्दी गर्दै लकडाउन गरेको छ । सीमा नाका पूर्णबन्द छन् । लकडाउनमै नेपाल भारत कञ्चनपुरको सीमा नाकामा तस्करी गर्ने तस्कर सशस्त्र प्रहरीको फन्दामा परिरहेका छन् । विगतका बर्षहरुमा तस्करबाट लाईन खाएर सहजै तस्करलाई छाडिन्यो, तर अहिले कञ्चनपुरमा सशस्त्र प्रहरीले तस्करलाई तह लगाउँदै आएको छ ।

 

 

भारतसंग सीमा नाका जोडिएको कञ्चनपुरको १ सय २९.५किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले कोरोना रोकथामका लागि शसस्त्र प्रहरी खटाएर कोरोनासंगै तस्करी अवैध गतिबिधी रोकथाममा पूर्ण सकृयता देखाएको छ । सशस्त्र प्रहरीले यस अघि चैत्र महिनामा कोरोनाको चैन तोड्नेदेखि अहिले तस्कर तह लगाउँदैछ । दिनहुँ सीमा क्षेत्रमा हुने तस्करी रोक्दै आएको छ । चैत्र दोस्रो साता भारतबाट आएका बेदकोट नगरका ४१ बर्षिया एक कोरोना संक्रमितलाई सीमाबाट सिधै क्वारेन्टाईन पु¥याएको थियो ।

 

 

सशस्त्र प्रहरीले बषौँदेखिको महकाली नगरपालिका ८सुन्दरनगरको सीमा विवाद टुङ्गो लगाउनेदेखि तस्करका योजना तोड्दै छ । सुन्दरनगरका स्थानीय लक्ष्मण पुन मगरको जमिनमा भारतीय पक्षले अवरोध पु¥याउँदै आएको विवाद सशस्त्र प्रहरी कञ्चनपुरका कमाण्डर सशस्त्र प्रहरी उपरीक्षक वीरसिह शाहुले वार्ता सम्वादबाट समाधान गरेको थियो । विवाद समाधान भएपछि नेपाली नागरिक लक्ष्मणले अहिले निर्वाध रुपमा आफ्नो जमिन खनजोत गरिरहेका छन् । भने अहिले तस्करले ठाँउमा समान पु¥याउँन नपाउँदै सिधै विचबाटैबाट नियन्त्रणमा लिएर भन्सार चलान गरिरहेको छ । शसस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिह शाहुले सीमा क्षेत्रमा कोरोना रोकथाम मात्र नभई शसस्त्र प्रहरीले मातृभूमी रक्षादेखि सीमा क्षेत्रमा हुने गैर कानुनी कृयाकलाप रोकथामका लागि सकृयता देखाएको बताए ।

 

 

उनका अनुसार नेपालबाट भारत र भारतबाट नेपाल समान ओसारिरहेकै अवस्थामा सीमा क्षेत्रमा खटिएको शसस्त्र प्रहरीको टोलीले समान बरामद गरेर भन्सार चलान गरिरहेको बताए । अघिल्लो दिन भारतबाट आएको चार लाख बराबरको समान बरामद गरेको भोलीपल्टै भीमदत्त नगरपालिका ९खल्लामेछेट्टीबाट भारत तर्फ तस्करी भईरहेको डेढ लाखको चुरोट बरामद गरिएको छ ।

 

 

भीनपा १० गड्डाचौकीबाट एक लाख ७६ हजार बराबरको बिडी, सूर्ति, खैनी बरामद गरेको छ । ब्रम्हदेबदेखि डोकेबजारसम्मको सीमा क्षेत्रमा भईरहेको तस्करी ठाँउका ठाँउमा रोक्न सशस्त्र प्रहरी सफल भएको छ । सातामै सशस्त्र प्रहरीले करिब एक लाख बराबरको अवैध तस्करीको समान बरामद गरेको छ । सशस्त्र प्रहरीले यसरी सीमा क्षेत्रम कोरोना चैन तोड्ने, सीमा विवाद टुङ्गो लगाउनेदेखि तस्करका योजना तोड्ने काम गरेपछि स्थानीयले समेत सशस्त्र प्रहरीले कञ्चपुरमा राम्रो काम गरेको मुल्याङ्गन गरिरहेका छन् । महामारीका बेला जोखिम मोलेर तस्करी गर्नेहरुले अरु बेला के ? सीमा क्षेत्रमा बाँकी राख्लाना भनेर स्थानीयले तस्कर बिरुद्ध निरन्तर अप्रेसन चलाउन सशस्त्र प्रहरीलाई सुझाव दिएका छन् । स्थानीयबाट तस्करी रोकथाम एव नियन्त्रणका लागि सहयोग गर्ने कञ्चनपुरका सीमावर्ती क्षेत्रका स्थानीयले प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुस