बिकाश सिंह महता कञ्चनपुर / ३० जेठ

शुक्रबार देशव्यापी रुपमा एमसिसी खारेजिको माग गर्दै बिरोध चलिरहेको बेलामा समाजकाे सकारात्मक रुपान्तरणमा लागिपरेका डडेल्धुराकाे अजयमेरु गाउँपालिकाका युवा राष्ट्रियतामाथि आइपर्ने खतराकाे खवरदारीमा पनि सकृय देखिन्छन । काेराेना महामारीले विश्वलाई नै सन्त्रासमा परेका बेला आफ्नाे गाउँ समाजमा स्वास्थ्य जनचेतना छर्दै क्वारेन्टाइनमा रहेकालाई पाेसिलाे खानेकुरा खुवाई रहेका उनीहरुले विहीवार साँझ एमसीसी खारेज गर ! स्वाधिन्ताको रक्षा गर ! अमेरीकी साम्राज्यवाद मुर्दावाद ! देशभक्त नेपाली एक हौ ! भन्दै अजयमेरूमा राके जुलुस सहित प्रदर्शन गरेका छन् । सार्वभाैमिकताकाे पक्षमा सरकारलाई दवाव दिन र जनसमुदायलाई राष्ट्र र राष्ट्रियताकाे पक्षमा एकाकार गर्न जुलुस प्रदर्शन गरिएकाे अभियानका संयाेजक एवम् अनेरास्ववियु डडेल्धुरा कार्यालय सदस्य चन्द्र सिंह ऐरले बताए । उनले भने यसअघि मनिसा काेईरालाकाे भनाइलाई स्वागत गरेकाे उक्त्र युवा समुहले पछिल्लाे समय संसद सरिता गिरीकाे बाेलीकाे बिराेध गरेका छ । हिजाेकाे प्रदर्शनमा उनीहरुले भारतीय दलाल सरिता गिरिलाई देशनिकाला गर ! भारतीय विस्तार मुर्दावाद! भन्दै नेपाली संसद भएर नेपालको विपक्षमा बोल्दै आएकी सरिता गरीको पुत्ला दहनसमेत गरेकाे थियाे । अनेरास्ववियु डडेलधुरा कार्यालय सदस्य ऎर्ले कुनैपनि हालतमा राष्ट्रघाती सम्झौता पारित हुन नदिनका लागि दवावका लागि प्रर्दशन गरिएको र राष्ट्रका लागि एकजुट हुनुपर्नेमा जोडदिए । युवाहरुले एमसीसी पारित भए कडा अन्दोलनको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुस