विकास सिह महता, कञ्चनपुर ,असार ८ ,कञ्चनपुरको बेलौरीमा माछादेवि सूर्तिजन्य पदार्थ तस्करी मौलाएको छ । भारतदेखि पचुई नाका भएर माछा, सूर्तिजन्य पदार्थ तस्करी भईरहेको छ ।लकडाउनमा पनि बेलौरी क्षेत्रमा भारतबाट तस्करी रोकिएको छैन् । कञ्चनपुर गड्डाचौकी र कैलालीको त्रिनगरमा भन्सार संचालन भएपनि केही व्यवसायीले गैर कानुनी रुपमा तस्करी गरिरहेका छन् । तस्करी गरिरहेकै अवस्थामा सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट तस्करले प्रयोग गरेका मोटरसाईकल, माछा सहित बरामद गरेको छ ।


सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी र बिओवी बेलौरी हवल्दारको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रबाट तस्करी गरिररहेकै अवस्थामा समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति वीरसिह शाहुले दुई लाख भन्दा बढिको समान र सवारी साधन बरामद गरेको बताए ।

उनका अनुसार से६प २१५५, र से ६प ४८२ नम्बरको मोटरसाईकलमा सूर्तिजन्य पदार्थ र १ सय २० किलो ३७ हजार पर्ने माछा बरामद गरिएका छन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिह शाहुले लकडाउनको बेला गैर कानुनी रुपमा सीमा क्षेत्रमा हुने गैरकानुनी गतिबिधी गर्ने समुह तह लगाईरहेको बताए । सशस्त्र प्रहरीले कञ्चनपुरको सीमा क्षेत्रमा अवैध गतिबिधी नियन्त्रण गरेपछि तस्करको भागाभाग भईरहेको छ । नाका खुलेकाले कानुन अनुसार व्यवसाय संचालन गर्न स्थानीय व्यवसायी अगुवाले सुझाव दिएका छन्। ।

प्रतिक्रिया दिनुस