काठमाडौं असार ८। कोरोना भाइरसको संक्रमण नेपालका ७५ जिल्लामा फैलिएको छ । आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ७५ जिल्लामा फैलिन पुगेको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । नयाँ थपिएका संक्रमित मध्ये ३५७ पुरुष र ६४ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुस