दिपकराज भट्ट ,बगरकोट,डडेल्धुरा ८ , डडेल्धुराको भागेश्वर गाँउपालिका सदरमुकाम बगरकोटमा रहेको भागेश्वर देवता तालमा कमल फुल फुलेर आर्कषक बनेको छ । ताल गाँउपालिका देखि करिब चार सय मिटर टाढा सडक छेउमै रहेको छ । ताल छेउमा पिपलको रुख र सानो मन्दिर समेत रहेको छ । यस तालमा हाँस समेत रमिरहेका हुन्छन् ।

ताल संरक्षणकालागि भागेश्वर गाँउपालिकाले बजेट समेत छुट्याएको थियो । चार पाँच बर्ष अगाडि यस ताल भरि पुरै भरिभराउ भएका फुलहरु बिगत तीन चार बर्ष अगाडि सुन्यमा झरेका थिए यस बर्ष भने तालको छेउमै कमलहरु भरिभराउ ढकमक्क भएका छन जसले गर्दा स्थानियमा खुसि छाएको छ ।

भागेश्वर देवता ताल धार्मिक रुपमा महत्व बोकेको हुदाँ यसको प्रचार प्रसार गर्न सके प्रर्यटकिय क्षेत्रको रुपमा विकास हने सम्भावना रहेको स्थानिय राजेन्द्र प्रसाद चटौतले बताउनुभयो

प्रतिक्रिया दिनुस