बैतडी, असार ८ । बैतडी जिल्लमा कोरोना संक्रमित १७२ पुगेको छ । बैतडीमा आज मात्रै थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि हुनेमा शिवनाथ गाउँपालिकाका ९ र दोगडाकेदार गाउँपालिका ५ जना रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पुष्टि भएको हो । पुष्टि हुने सबै १६ देखि ५० बर्ष उमेर समूहका पुरुष रहेका छन् ।

उनीहरु सबै भारतबाट फर्र्किएका र आरडिटी पोजेटिभ आएका रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । पुष्टि हुने उनीहरुलाई यसअघि नै होम आइसोलेसनमा पठाइसकिएको र अब आइसोलेसमा राख्ने तयारी भएको छ ।

योसंगै बैतडीमा कोरोना संक्रमितको संख्या १ सय ७२ पुगेको छ । यसअघि हिजोसम्म जिल्लाका १ सय ५८ जनामा कोरोना पुष्टि भएको थियो ।निङ्गलाशैनि खवर बाट

प्रतिक्रिया दिनुस