कृष्ण नेपाली, कञ्चनपुर असार ८ । कञ्चनपुरमा सर्पले डसेर एक भारतीय बालकको मृत्यु भएको छ । भारतको बरेलीका ९ बर्षिया पवन मोहरीयाको मृत्यु भएको हो ।

मृतक बालकका बाबु भीमदत्त नगरपालिका ३ नौलाखेतका नेपाली नागरिकका खेतीबारीका काम गर्देै आएको स्थानीय डबल बहादुर सिहले बताए । स्थानीय सिहले घरमै बालकलाई सर्पले डसेको बताए ।

उनका अनुसार महाकाली अस्पताल हुँदै धनगढी सेती अस्पतालमा पुग्दसम्म बालकको मृत्यु भएको छ । सिहले बालकको महाकालीमा अन्त्येष्टी गरिएको बताए । बालको मृत्यु भएपछि घरपरिवार एव छरछिमेकी त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुस