जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले आगामी आर्थिक बर्ष २०७७÷०७८का लागि बनाईने नीति, योजना तथा कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका छन् । महामारीका बेला रोगसंग लड्ने शक्ति बृद्धिका लागि पोषणयुक्त तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका हुन् ।

 

 

जिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरका अध्यक्ष कोमल निरन्जन भाटले कोरोना महामारीबाट बाँच्न र अर्थतन्त्र समेत धरासायीबाट बचाउनका लागि कृषिको गुणस्तरिय उत्पादनमा जोडदिने खालका स्थानीय तहले योजना ल्याउनुपर्ने बताए । ‘हामीले खाद्य सुरक्षाका लागि कञ्चनपुरका सबै स्थानीय तहमा ‘स्थानीय खाद्य समन्वय समिति गठन गर्न सहितका सुझाव पेश गरेका छौँ, ‘उनले भने, ‘अब खाद्य सुरक्षातर्फ ध्यान नदिदा भोकमरीको खतरा छ ।’

 

उनका अनुसार कोडिभ १९ संग लड्नसक्ने योजना विस्तार, कामका लागि नगद, स्वास्थ्य सम्बन्धी संरचना प्रर्बद्धन नीतिमा जोडदिए । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अन्जु भट्टले महिला सहितलाई रोजगारी एव उत्पादनमुलक कार्यक्रममा सहभागिता गराउनुपर्नेमा जोडदिए । एनएनएसडब्लूएका विनोद बिक्रम जैरुले स्वास्थ्य सुरक्षाका लागि खाद्यान्न र पोषणमा बढि भन्दा बढि जोडदिनुपर्ने सुझाव दिए ।
याक नेपालका परियोजना संयोजक देवि प्रशाद खनालले खाद्य सुरक्षा सम्बन्धीका योजना पारित गर्न सुदूरपश्चिम प्रदेशकै ८८ स्थानीय तहलाई सुझाव दिएको बताए । ‘सुप प्रदेशका सबै स्थानीय तहलाई हामीले सुझाव पत्र पेश गरेका छौँ, ‘उनले भने, ‘अबको जटिल परिस्थिति खाद्य नै हो, समयमै ध्यान दिनुपर्ने बताए ।’

प्रतिक्रिया दिनुस