कञ्चनपुर, असार ,१० । कञ्चनपुर बिद्युत कार्यालयका कर्मचारीको चरम लापर्वाहिका कारण जनतालाइ सास्ती भएको छ । कार्यलयमा कर्मचारी अभाव नभए पनि कर्मचारीले ग्राहाकको घरमा गएर मिटर रिडिङ गर्नुपर्नेमा कार्यलय , होटल तथा घरमै बसेर मिटर रिडिङ्घ गर्ने गरेको पाइएको छ । बिद्युत कार्यालयका कर्मचारी घरमा नगए कार्यलमा बसेर ग्राहको युनिट अन्दाजी लेख्ने गरेको हुँदा सर्बसाधारण जनताले दुख पाउने गरेका छन ।

समाचार श्रोतका अनुुसार कार्यलयमा बसेर मिटर रिडिङ गर्दा जनतालाई कुनै थाहा हुदैन आफैले अन्दाजी राखेको हुन्छ अन्दाजी राख्दा ग्राहकले थप जरिवाना र बिद्युत महसुल तिर्नु परेको बताउनुभयो ।

बिद्युत कार्यालयमा दैनिक जसो बिद्युत युनिट हिसाब मिलान गर्न आउने गरेका छन कार्यलका कर्मचारी भने बिद्युत युनिट अर्का महिना सम्म मिलि हाल्छ भनेर झुकक्याउने गरेको पाइएको छ । कर्मचारीकै लापर्वाहिले हिजो देखि लाटसेडिङ्घ हुँदा गर्मीको समयमा जनताले झन दुख पाएका छन ।

प्रतिक्रिया दिनुस