सुनिलकुमार लो,धनगढी,असार ११। हेल्लो पुनर्वास पत्रिकाका प्रकाशक सम्पादक बहुआयामिक व्यक्तित्व रञ्जित लामा फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ लागेका छन । दस बर्ष लामो शारीरिक सुगठन प्रशिक्षणको अनुभव बटुलेका सुगठित शरीरका धनी रञ्जित लामा सुदुरपश्चिममा नौलो नाम होईन ।

फरक फरक कोणबाट हेर्दा फरक देखिने र जो कोहिलाई अचम्मभित पार्न सक्ने व्यक्तिको रुपमा चर्चा कमाएका रञ्जित लामा पछिल्लो समय मोडलिङ तर्फ भाग्य अजमाउँदै छ्न । दस बर्ष लामो शारीरिक सुगठनको अनुभव बटुलेका लामा शारीरिक सुगठनका प्रशिक्षक, नुट्रीसन एक्सपर्ट हुन ।

सुदुरपश्चिम प्रदेशमा पहिलो चोटी शारीरिक सुगठनको ज्ञान बाँडन युटुबमा फिटनेस मोडल रन्जित लामा नाम गरेको युटुब च्यानल खोलेर चर्चा कमाउन सफल लामाको परिचय यत्तिमै टुङ्गिदैन । उनी सफल उदघोषक, नृत्यकार, मोडल र व्यवसायिक पेन्टर पनि हुन । लामा फुटबलका राम्रा खेलाडी हुन भने व्यावसायिक पत्रकारको रुपमा उनको अलग्गै पहिचान छ ।

तर यतिमा मात्र लामालाई सिमित गरेर हेर्नुहुन्छ भने तपाईंले गल्ती गर्नुहुन्छ, उनी सफल साहित्यकार पनि हुन । साहित्यको क्षेत्रमा उनलाई “रागी लामा” को उपनामले चिनिन्छ । उनका दुईवटा गजल संग्रहहरु प्रकाशन भैसकेका छ्न भने हजारौंको संख्यामा विभिन्न राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा गित, गजल प्रकाशन भैसकेका छ्न ।

उनै रञ्जित लामाले पछिल्लो समय यामाहा ब्राण्डको मोटरसाइकलका लागि मोडलिङ गरेका छ्न । फरक शैलीको हेयर स्टाईल र फरक ड्रेस अपले भिडियोमा लामा कुनै हलिउड एक्टर भन्दा कम देखिएका छैनन । स्टाईलिस लुक्स र सुगठित शरीरको कारण युवायुवती माझ लोकप्रिय भैसकेका लामाको टिकटकमा हजारौं फलोअर छ्न । मेहनतलाई भगवान ठान्ने लामा अरु क्षेत्रमा झै मोडलिङ क्षेत्रमा पनी सफल हुनेमा ढुक्क छ्न ।

प्रतिक्रिया दिनुस