विकास सिह महत कञ्चनपुर, असार ११ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा विप्लव)ले एमसीसीको विपक्षमा मतदान गर्न कञ्चनपुरका संसदलाई पत्राचार गरेको छ । अमेरिकाले नेपाललाई दिने भनिएको मेलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विपक्षमा मतदान गर्न पत्राचार गरेको हो । नेकपा विप्लव कञ्चनपुर पार्टीले बिहीबार जिल्लाबाट प्रतिनिधी र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात संसदलाई पत्राचार गरेको हो ।

नेकपा कञ्चनपुरका इन्चार्ज सहदेवले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले एमसीसीको विपक्षमा उभिन आग्रह स्वरुप पत्राचार गरेको बताए । उनले ईमेल मार्फत सबै संसदलाई पत्राचार गरिनेछ । ‘हामीले कञ्चनपुरबाट प्रतिनिधीत्व गर्ने सबै संसदलाई राष्ट्रघाती सम्झौताका विपक्षमा उभिएर पक्षमा भोट नदिन अनुरोध गर्दै पत्राचार गरेका छौँ, ‘उनले भने, ‘सबैलाई ईमेल सहित समाजिक संजाल मार्फत पत्राचार गछौँ ।’ नेकपा विप्लवले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रुपमा निर्वाचित समानुपातिक प्रणालीबाट छनौट भएका सात संसदलाई पत्राचार गरिएको हो । क्षेत्र नम्बर १ खानेपानी मन्त्री समेत रहेकी प्रतिनिधी सभा सदस्य बिना मगर, २का नर बहादुर धामी र ३का डा दिपक प्रकास भट्ट सहित प्रतिनिधी सभा सदस्य निरुदेवी पाल, बिना बुढाथोकी र राष्ट्रिय सभाद्वय ईन्दु कडरिया९विष्ट०, तारा भट्टलाई पत्राचार गरिएको हो ।

नेकपा विप्लवले कञ्चनपुरबाट प्रतिनिधीत्व गर्ने संसदलाई राष्ट्रघाती एमसीसी सम्झौता खारेजी सम्बन्धमा बुझाएको पत्रमा प्रत्यक्ष रुपमा अमेरिकन साम्राज्यवादको नेपालमा नाङ्गो हस्तक्षेप बढ्ने उल्लेख गरिएको छ । ‘सामारिक भूमिको रुपमा प्रयोग गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न ५० करोड अमेरिकी डलरसंग हाम्रो राष्ट्रियता साटन सकिदैन्, ‘पत्रमा उल्लेख गरिएको छ, ‘नेपाल र नेपाली जनताको भावना विपरित भएको राष्ट्रघाती परियोजना हो ।’ नेकपा विप्लव कञ्चनपुरका सचिव रवि र इन्चार्ज सहदेवले हस्ताक्षर गरेको पत्रमा राष्ट्रघाती सम्झौताको जनस्तरबाट बिरोध भईरहदा समेत सरकार पारित गराउने पक्षमा रहेको भन्दै त्यसको विपक्षमा उभिएर एमसीसी खारेजीका लागि विषेश अनुरोध गरिएकोछ । चालु आर्थिक बर्षको १६ असारभित्रै संसदमा प्रस्तुत हुने एमसीसी विधेयक १७ सम्म सारिएपछि केही समय टारिएको छ ।

नेकपा सत्तारुढ दलभित्रै एमसीसीको विरोधका साथै विभिन्न दल, नागरिक समाज, युवा विद्यार्थीबाट प्रर्दशन भईरहेको छ । एमसीसीको पक्ष विपक्षमा दल र नागरिक भित्रैबाट विरोध विवाद भईरहेको देखिन्छ । प्रमुख पतिपक्षीय दल काँग्रेस सभापति शेर बहादुर देउवा, सरकार बाहिर रहेको राप्रपा अध्यक्ष कमल थापा लगायत एमसीसीको पक्षमा देखिएका छन् । भने स्वयम नेकपाका नेता भीम रावल लगायत विपक्षमा देखिएका छन् ।

प्रतिक्रिया दिनुस