विकास सिह महता कञ्चनपुर, असार ११ । शुक्लाफाँटा नगरपालिका पिसिआर रिर्पोट नआउँदै क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिका कोरोना संक्रमण भटिएको छ । अप्रत्याशित एव अनपेक्षित रुपमा बुधबार १० असारमा एकैदिन कञ्चनपुरका ९८ जनामा कोरोना संक्रमण देखियो । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि बेलौरी, शुक्लाफाँटा र कृष्णपुर नगरका विभिन्न क्वारेन्टाईनमा बसेकाको थ्रट नमुनाबाट स्वाब संकलन गरेका काठमाण्डौँ पठाईयो । जसमध्ये सबैभन्दा बढि कृष्णपुर नगरपालिका ६८ जना, बेलौरीमा १४ र शुक्लाफाँटा नगरपालिकामा १६ जना देखिए ।

कोरोना देखिएका सबै भारतबाट फर्किएका नेपाली भएको स्थानीय तहले जनाएका छन् । बेलौरी र कृष्णपुर नगरका क्वारेन्टाईनमा रहेका सबै क्वारेन्टाईनमै छन् । तर, शुक्लाफाँटा नगरका तीन वडा ८, १० र ११ का १६ जनामा कोरोना देखियो । कोरोना देखिएका शुक्लाफाँटा ८का १ र १० का ५ जना क्वारेन्टाईनमै छन् । तर, ११ का १० जनालाई दुई साता अघि नै घर पठाईयो । सरस्वती माविको क्वारेन्टाईमा बस्दै आएकालाई घर पठाईएको हो ।

पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन गरेपछि उनीहरुलाई घर पठाईएको वडाध्यक्ष जया विष्टले बताए । ‘कोरोना परीक्षणका लागि एकातिर स्वाब संकलन गरियो, ‘उनले भने, ‘अर्कोतिर वडाध्यक्ष ज्यूले अन्य वडा सदस्य, स्वाथ्यका कर्मचारी सहित नगरपालिकासंग सल्लाह नै नगरि घर पठाईदिए ।’

अन्य वडाले घर पठाएका छैनन, आफुहरु किन पठाउने भन्दाभन्दै वडाध्यक्ष ज्यूले आफुखुसी घर पठाएका व्यक्तिमा कोरोना देखिएको उनले बताए । ‘हामीले परीक्षण रिर्पोट नआउँदै पठाउन हुँदैन, भनेका थियौँ, ‘वडा सदस्य विष्टले भने, ‘क्वारेन्टाईन भन्दा घरमा सुरक्षित छ भन्नेर वडाध्यक्ष ज्यूले जबरजस्ती उनीहरुलाई क्वारेन्टाईनबाट निकालेर घर पठाईदिए ।’ यस अघि पनि आरडिटी पोजेटिभ देखिएकालाई वडाध्यक्षले घर पठाउँदा समेत जनप्रतिनिधीबिचमै बिरोध भएको थियो । ‘क्वारेन्टाईनमा खाना छ, सबै व्यवस्थापन हुँदाहुँदै वडाध्यक्ष ज्यूले जबरजस्ती पठाईरहेका छन, ‘उनले भने, ‘यसरी पर्रीक्षण बिनै घर पठाउँदा संक्रमितबाट परिवार समुदाय जोखिममा परेका छन् ।’ शुक्लाफाँटा नगरपालिका ११ नम्बर वडामै सबैभन्दा बढि संक्रमित देखिएका छन् । ११ महिने शिशुदेखि १२ जना सोही वडाका छन् । शिशु सहित एक युवक निको भएर घर फर्किएका छन् ।

क्वारेन्टाईनमा सबेकाहरुले आत्महत्या गर्ने धम्की दिएपछि रिर्पोट नआउँदै उनीहरुलाई घर पठाईएको थियो । शुक्लाफाँटा नगरपालिका ११ का वडाध्यक्ष दिल बहादुर बुढाले १४ दिन अघि नै उनीहरुलाई घर पठाईएको बताए । ‘स्वाब संकलन गरेर समयमै रिर्पोट आएन, ‘उनले भने, ‘क्वारेन्टाईमै बस्दाबस्दै उनीहरु झगडा गर्न थाले राम्रै थिए, होम क्वारेन्टाईनमा बस्ने सर्तम घर पठाईदिए ।’

क्वारेन्टाईनमा संख्या देखाएर घर पठाउने र क्वारेन्टाईन व्यवस्थापन गर्न झन्झट आएको बजेट कुम्ल्याउन घमाघर घर पठाउँदा ११ नम्बर वडा उच्च जोखिममा परेको भन्दै स्थानीय चिन्तित भएका छन् । स्थानीयले रिर्पोट नआउँदै घर पठाउने काम गलत मात्र नभई यसबाट गाउँ, नगर जिल्ला नै सोतर बन्ने बताएका छन् ।

बेलौरी नगरपालिकामा देखिएका १४ जनालाई नगरपालिकाकै आईशोलेशनमा राखिएक छन् । बेलौरी कोडिभ १९ का संयोजक मान बहादुर चन्दले बुधबार कोरोना पृष्टी भएका सबैलाई आईलेशनमा राखेर उपचार भईरहेको बताए । कृष्णपुर नगरपालिकाले पनि कोरोना पृष्टी भएका सबैजना सीमादेखि सिधै क्वारेन्टाईनमा आएकाले उनीहरुलाई आईलेशनमा राखेर उपचार गरिने जनाएको छ । जनप्रतिनिधीको लार्पबाहीका कारण शुक्लाफाँटा नगरपालिका ११ सोतर बन्दै जाने स्थानीयको चिन्ता छ । विज्ञानको विषयम विज्ञ नहुँन स्थानीयले शुनपा ११का जनप्रतिनिधीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस