कञ्चनपुर,असार,११ । कञ्चनपुरको बेदकोट नगरपालिकाले सातौँ नगर सभाबाट आगामी बर्षका लागि ७२ करोड ४० लाख बराबरको बजेट पारित गरिएको छ । बुधवार सातौँ नगर सभाबाट काभिड १९ लाई मध्यनजर गरेर ४ करोड बजेज बिनियोजन गरिएको छ ।

कोभिड १९ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी एक सय सैय्याको आइसोलेसन भवन, दमकल, एम्बुलेन्स ,शबबाहन लगायत स्वास्थ्य सामग्री , औषधी ,उपकरण प्रथामिकता राखी रकम बिनियोन गरिएको नगर प्रवक्ता नरेश बहादुर सिहले बताए ।

आगामी बर्षमा एक कोरोडको सीत भण्डार (कोल्ड स्टोर)का लागि बजेत पारित गरिएको छ । १ करोडको लागतमा निर्माण गरिने (कोल्ड स्टोर)मा बिदेशबाट आएका युवाहरुलाई राजगारीमा लगाउने बताए ।

त्यस्तै सातौँ नगर सभाबाट आगामी बर्षका लागि कृषि , पसुपालन र शिक्षा क्षेत्र प्रमुख प्राथमिकतामा राखिएको नगर प्रवक्ता शिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुस