कैलाली , असार १४ । कैलाली जिल्लामा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका २९ वर्षीय दिपेन्द्र चौधरी (कुश्मि) लाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ ३२ गते बालिकाको बलात्कार भएको घटना ढिलोगरी सार्वजनिक भएको हो । बालिकालाई अत्यधिक रक्तस्राव भए पछि असार १० गते धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागी ल्याउदा बलात्कारको रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले अस्पतालमा कार्यरत प्रहरीले जानकारी गराए पछि बालिकाको आफन्तलाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेको बताए ।

प्रतिक्रिया दिनुस