कञ्चनपुर , असार, १४ । सुदूरपश्चिम प्रदेशमा ९८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा भएको परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको बताउनुभयो। सूचना अधिकारी श्रेष्ठका अनुसार आज डोटीका ६९ जनामा संक्रमण र कैलालीका २९ जनामा संक्रमण देखिएको हो। आज थप भएका संगै सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या दुई हजार दुई सय १२ पुगेको छ ।

 

आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै डोटीमा चार सय १०, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, बाजुराका दुई सय २१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।
अहिले सम्म दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुस