कैलाली ,असार,१४ । सरकारले सदनबाट पारित गर्नलागेको अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) कैलाली जिल्ला संगठले कैलालीको अत्तरीयामा विरोध प्रदर्शन गर्दै कोण सभा गरेको छ ।

क्रान्तिकारी माओवादीले कैलालीको अत्तरीमा अत्तरीयामा सनिबार विरोध प्रदर्शन गर्दै कोण सभा सम्पन्न गरेको देजमो केन्द्रिय सदस्य टंक कोइराले जानकारी दिनुभयो । कोण सभाको सम्बोधन नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य डायमण्डले गरेका थिए ।

कोण सभामा नेकपा क्रान्तिकारीमोओवादी शुदूरपिश्चम प्रदेश सदस्य रुद्र कँडेल कैलाली जिल्ला लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस