बिकाश सिंह महता ,कञ्चनपुर ,असार १४ । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको एउटा गैरसरकारी संस्थाले वातावरण संरक्षणका लागि बिरुवा वितरण गरेको छ। शुक्रबार एक कार्यक्रमका साथ उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महेन्द्रनगरले कृष्णपुर नगरपालिकामा रहेका विभिन्न वडाहरुमा रहेका आफ्ना संस्थाका शेयर सदस्यहरु ,सामुदायिक बन,विद्यालय र होटलहरुलाई सामाजिक दुरिकायाम गर्दै बहुमुल्य दुर्लभ रक्तचन्दनका ८ हजार विरुवाहरु निशुल्क वितरण गरिएको उदयदेव बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको महामारी ूकोभिड(१९ू कोरोना भाइरसले विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा धार्मिक रुपमा पनि आवश्यक पर्ने हुँदा एउटा वातावरण लाई संरक्षण साथै पर्यावरण सुगन्धित बनाउनका लागि र आर्थिक रुपमा पनि केही टेवा पुग्ने उद्देश्यले बहुमुल्य बिरुवा दिइएको अधिकृत चन्दले बताएका छन् ।

महामारीको समयमा सदस्यहरु समस्यहरुलाई मध्यनजर गर्दै देशभर कोरोना रोकथाम साथै नियन्त्रणका लागि लगाइएको लकडाउनमा पनि घर घरमै गएर स्वास्थ्य सुरक्षा सामग्री लगायत कञ्चनपुरका स्थानिय तहलाई पनि आर्थिक सहयोग गर्दै आइरहेको गैरसरकारी संस्था हो । कञ्चनपुर जिल्लामा शुक्लाफाँटा ,कृष्णपुर ,बेदकोट ,भीमदत्त ,महाकाली नगरपालिकाहरुमा शाखाहरु रहेका छन ।

प्रतिक्रिया दिनुस