कञ्चनपुर असार १२ । कञ्चनपुरको माहाकाली नगरपालिकामा एकै दिन १३ जनामा कोरोना भाइरस (कोभिड १९ )पुष्टी भएको छ । माहाकाली नगरपालिकाका १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

क्वारेन्टाईनबाट घर गएका १३ जनामा कोरोना पुष्टी छ । उनिहरुलाई क्वारेन्टाईनबाट घर पठाईएपछि आज बिहान कोरोना संक्रमित भएको पुष्टि भएको हो । घर बसेकाहरुको पिसिआर रिर्पोटमा कोरोना संक्रमित देखिएको हुदाँ समुदायमा भाईरसले त्रास फैलिएको छ ।

माहाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महरा अनुसार ३७ जना मध्य १३ जनाको पिसिआर रिर्पोट पोजिटिभ आएको बताएका छन् । संक्रमित रहेका ३० वर्ष, ३२ वर्षको २ जना, ३९ वर्षको २ जना, ४० वर्ष, २५ वर्ष, ५६ वर्ष, १९ वर्ष र २० वर्षका रहेका छन् । त्यस मध्य २ जना ३० र ५० वर्षका महिला समेत रहेका छन् । अहिले सम्म माहाकाली नगरपालिकामा भारतबाट आएका मध्य २२ जनाको कारोना पुष्टि भएको छ् ।

कञ्चनपुरमा शुक्रवार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कञ्चनपुरका थप ४२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

कृष्णपुर नगरपालिका ६ महिला २२ पुरुष गरी २८ जना, महाकाली नगरपालिकाका २ महिला ११ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।एक जनाको भने ठेगाना खुल्न बाँकी रहेको छ । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

प्रतिक्रिया दिनुस