काठमाण्डौं,असार, १२ । आजदेखि नेपालको नयाँ कुल जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या डीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।

विश्वमै जनसंख्या घडीको प्रचलन रहेको पाइन्छ ।जन्म, मृत्युदर तथा बसाइँसराइँको स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय यिनै मापनका आधारमा तय गरिएको नेपालको जनसंख्या घडीले नेपालको जनसंख्या आजबाट तीन करोड नाघेको देखाएको हो ।

विभाग स्रोतका अनुसार मध्यजनसंख्या सिद्धान्तको आधारमा हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गरिन्छ । नेपालमा पछिल्लो समय जन्मदर घट्दो क्रममा रहे पनि आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ ।

नेपालमा पहिलोपटक विसं १९६८ सालमा जनगणना सुरू भएको थियो । त्यसयता प्रत्येक १० वर्षको अवधिमा राष्ट्रिय जनगणना हुँदै आएको छ । अर्को राष्ट्रिय जनगणना आउँदो साल २०७८ मा सम्पन्न गर्ने विभागको योजना रहेको छ । विभागले हरेक जनगणनाको बाह्रौं श्रृंखला २०७८ सालको जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुस