कञ्चनपुर, असार १६ ।बर्षा शुरुभए संगै असार दोस्रो साता कञ्चनपुरको चुरे फेदमा लोपोन्मुख संरक्षित अंजिङगर फेला पर्न थालेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ चुरे फेदमा लोपोन्मुख अजिङगर फेला परेको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले चुरे जंगलबाट बस्तीतर्फ आईरहेको अंजिङगर स्थानीयले देखेपछि वनमा खबर गरेको बताए ।

उनका अनुसार जंयशंकर सामुदायिक वन क्षर्ेत्रमा ४० किलो तौल र ११ फिट लम्बाईको अंजिङगर फेला परेको छ । ‘अजिङगरले कुनै सानो जनावर खाएको रहेछ, ‘उनले भने, ‘त्यही भएर विच पेट फुलेको थियो ।’ चुरेमा फेला परेको अजिङगर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छाडिएको छ । गाउँमै अंजिङर आउन थालेपछि वन संरक्षण भएको स्थानीयको भनाई छ । झट् हेर्दा स्थानीय अंजिङगर देखेर त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुस