बैतडी, असार, १६ । पूर्चौडि नगरपालिकाले नगरका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ । कक्षा ९ मा भर्ना भएका नगरका सबै माध्यामिक विध्यालयहरुका १ जना उत्कृष्ट छात्रा तथा छात्राहरुलाई गरी ३६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरेको हो । नगर प्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार कार्यक्रम गरेर शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरेको शिक्षा शाखा प्रमुख दिनेश नगारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रण बहादुर कुवँरले उत्कृष्ट छात्र छात्रा बिध्यार्थीहको मनोबल बढाउन र हौँसला प्रदान गर्न नगरपालिकाले नगर भित्रका बिध्यार्थीलाई शैक्षिक सामग्री र व्याग प्रदान गरेकोे बताए ।आउँदो बर्ष देखि लंैगिग सामानता तथा सिकाई सबलिकरणकालागि उप मेयरको छात्र कार्यक्रम पनि समाबेस गर्ने नगर उप मेयर जानकी ऐर बमले बताए ।

पूर्चौडि नगरपालिको शिक्षा शाखाको आयोजनामा नगर प्रमुखको उपहार उत्कृष्ट विद्यार्थीलाई पुरस्कार हस्तातरण कार्यक्रम नगर प्रमुखको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण कार्यक्रममा बिशिष्ट अतिथि नगर उप प्रमुख जनकी ऐर बम ,विशिष्ठ अतिथिमा प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । पूर्चौडि नगरपालिका शिक्षा शाखा संयोजक दिनेश नगारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन भरत धानुकले गरेका थिए ।

प्रतिक्रिया दिनुस