धनगढी, १६ असार–कोरोना भाइरसको महामारीपछि जारी लकडाउनका कारण शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीहरूको दैनिकी नै परिवर्तन भएको छ।

कैलाली, कञ्चनपुर लगायत देशै भरीका विद्यालय पूर्ण रूपमा बन्द हुँदा विद्यार्थीहरू पढाई भन्दा अन्य गतिविधि तर्फ आक्रसीत भएका हुन्।

कक्षा १० सम्म अध्ययन गरी रहेका विद्यार्थीहरू टिभी तथा मोबाइल गने खेल्नमै व्यस्त हुन थालेका छन् भने स्नातक तह सम्मका विद्यार्थीहरू सामाजिक सञ्जाल तथा अन्य गतिविधिमा मग्न भएका छन्।

लकडाउनले बालबालिकाको पढाई पूर्ण रूपमा प्रभावित भएको धनगढीका नन्दा जोशी भट्टले बताइन्। बालबालिका यो समयमा किताबमा भन्दा टेलिभिजन र मोबाइलमा बढी ध्यान दिन थालेको अभिभावकहरूको गुनासो छ।

तर समय छुट्टाएर छोराछोरीलाई पढाई प्रति केन्द्रित गराई रहेको उनको भनाई छ। लकडाउन अवधिभर विद्यार्थीहरूलाई पढाई प्रति केन्द्रित गराउनमा अभिभावकले नै चासो दिनुपर्ने धनगढीका शिक्षक रघुनाथ भट्टले सुझाव दिए।

विद्यालयहरूले सुचारु गरेका अनलाइन कक्षाहरूमा समावेश गरी पढाइप्रतिको चाह बढाउनुपर्ने उनको सुझाव छ। पढाई प्रति चासो गराई राख्न अभिभावकले बालबच्चाका लागी समय छुट्टाउनु पर्नै शिक्षाविदहरु बताउँछन्।

लकडाउनले विद्यार्थीहरुको पढाईप्रतिको चाह घट्दै गए आगामी दिनमा उनिहरु अन्य गतिविधि तर्फ धकेलिने हुदा समय तालिका अनुशार विषय वस्तुको ज्ञान हासील तर्फ केन्द्रीत गराईनुपर्ने उनले बताए।

विशेष गरी किशोर उमेर समूहका बालबालिकालाई अभिभावकले विशेष निगरानी बढाउनु पर्नेमा शिक्षाविद् हेमराज पन्तले जोड दिए।

अहिलेको समयमा बालबच्चा पढ्न भन्दा अतिरिक्त काम गर्न चाहने भएकाले पनि उनीहरूलाई आवश्यकता अनुसार अतिरिक्त गतिविधिमा सहभागिता गराइनुपर्ने उनले बताए।

अभिभावकहरूले नै बालबच्चाहरूलाई यस्तो समयमा उचित निगरानीमा राख्नुपर्ने शिक्षा विद पन्तले जोड दिए।

सामाजिक सञ्जालको व्यापक दुरुपयोग

बालबालिकाहरूलाई टेलिभिजनले ताने जस्तै वयस्कलाई भने सामाजिक सञ्जालले मोहित पारेको छ। उनीहरू यसैमा बढी समय बिताउने गरेका छन्।

कक्षा १० सम्म अध्ययन गरी रहेका विद्यार्थीहरू टिभी तथा मोबाइल मै व्यस्त हुन थालेका छन् भने स्नातक तह सम्मका विद्यार्थीहरू सामाजिक सञ्जाल तथा अन्य गतिविधिमा मग्न भएका धनगढीका शिक्षक रघुनाथ भट्टले बताए।

स्कुल कलेज निरन्तर गइरहेका वा परीक्षाको तयारी गर्न छुट्टीमा बसेका विद्यार्थीहरू एकाएक घरमै यत्तिकै लामो समयसम्म बसिरहनु परेको छ।

यस्तो अवस्थामा उनीहरूको पठनपाठन समय तालिका, आनीबानी र पडाइप्रतिको लगावसम्म असर पुगेको अवस्था छ। धेरैजसो विद्यालयले अनलाइन एपद्वारा होमवर्क दिने पढाउनेजस्ता कार्य गर्दै आएका छन्।

इन्टरनेटभित्रका सामाजिक सञ्जालहरू, युट्युब, अनलाइन, गेमिङ, टिकटक म्युजिकल आदिको नचाहिँदो र अनावश्यक लतहरूले उनीहरूलाई अमूल्य समयको वास्तविकता बुझ्नबाट वञ्चित गरिरहेका छन्।

यस्तो अवस्थामा घरमा बालबच्चाहरूलाई समय तालिका अनुसार पढ्न लगाउने तथा अतिरिक्त क्रियाकलापहरूमा पनि आवश्यकता अनुसार सहभागिता गराइनुपर्ने शिक्षक भट्टले सुझाव दिए।

प्रतिक्रिया दिनुस