कञ्चनपुर ,असार, २४। शुक्लाफाँटामा नरपालिकामा पूर्व पश्चिम राजमार्गको गर्जमुनिदेखि कलुवापुरसम्मको बजार क्षेत्र  शिल गर्ने निर्णय गरिएको छ । कोभिड १९ कोरोना रोकथामका लागि भोली देखी गर्जमुनिदेखि कलुवापुरसम्मको बजार क्षेत्र अर्का सूचना जारी नहुनजेल सम्मका लागि पुर्ण रुपमा शिल गर्ने निर्णय गरिएको छ ।

शुक्लाफाँटामा बुधबार लघुबित्त संस्थाका कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण देखिएको थियो । बुधबार देखिएको कोरोना संक्रमणलाई मध्यनजर गरी कोरोना रोकथामका लागि नगरकार्यापालिकाले निर्णय गरी भोली देखी शिल गर्ने गरिएको शुक्लाफाँटा नगर पालिका प्रबक्त्ता जगत बहादुर शिहं जानकारी दिनुभयो ।

शुक्लाफाँटा नगरपालिका लकडाउन निर्देशिका अनुसार स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरी कोरोना महामारी संक्रमण र रोकथामका लागि शिल गर्ने निर्णय गरेको प्रबक्त्ता शिहंले बताए ।

नगरपालिका क्षेत्रका भिडभाड हुने ठाँउका पसल चोक समेत शिल गर्ने गरेको बताए । बिरामी उपचारका लागि आवाज जावत सहज रुपमा हने र नगरपालिकामा योजनाका कामका लागि पनि आवत जावत गर्न दिने गरेको प्रबक्त्ता शिहंले बताए ।

प्रतिक्रिया दिनुस