कञ्चनपुरमा युवतिमाथी अभद्र व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्। रातिको समयमा पसल संचालीका एक महिलामाथी अभद्र व्यवहार गरेको भन्दै भीमदत्तनगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामनाथलाई पक्राउ गरीएको प्रहरीले जनाएको हो।

बिहिवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादु थपा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरेको जानकारी दिए।

स्थानीयले महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए। साथै इप्रकामाथि ढुंगामुढा समेत प्रहार भएको थियो।

प्रतिक्रिया दिनुस