अनु निरौला, काठमाडौं ,असार २७ । एमसीसीसम्झौता खारेजीको माग गर्दै नगर नगरमा नेकपा (क्रान्तिकारी माओवादीं)ले विरोध सभा सम्पन्न गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादीं) काठमाडौं जिल्ला समिति सचिवालयको सम्पन्न बैठकले गरेको निर्णय अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा शनिवार एमसीसी सम्झौता खारेजीको माग गर्दै जुलुस सहित विरोधसभा कार्यक्रम सम्पन्न भएको छ ।

क्रान्तिकारी माओवादी काठमाडौं गोकर्णेश्वर नगर कमिटिको आयोजनामा जोरपाटी चोकमा सम्पन्न विरोध सभालाई पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज सरु, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका जिल्ला अध्यक्ष बन्धुदेव पाण्डे, गोकर्णेश्वर नगरका पार्टी इन्चार्ज ढोक प्रसाद अधिकारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

बौद्धचोकवाट विरोध जुलुस सहित नगरपरिक्रमा गरी जोरपाटी चोकमा पुगेर विरोध सभामा परिणत भएको कार्यक्रमको सच्चालन नगर कमिटिका सचिव उमेश लामाले गरेका थिए ।कार्यक्रममा प्रमुख बक्ता सरु लगायतका नेताहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेको र यो जान्दा जान्दै पनि फेरि म्याद थप गरी संसदवाट अनुमोदन गराउने गंभीर षडयन्त्र भइरहेको भन्दै जुन कुनै हालतमा उक्त राष्ट्रघाती सम्झौता खारेज गर्न जोडदार माग गरेका थिए ।

प्रतिक्रिया दिनुस