कैलाली असार २८ । कैलालीको धनगढी सहिद गेट नजिकै मिनी ट्रक दुर्घटनामा परेको छ। धनगढी बाट अत्तरीया जादै गरेको से १ ख १३३१ नम्बरको मिनी ट्रक निर्माणाधिन मोहना अत्तरिया ६ लेन सडक खण्डको शहिद गेट नजिकै आईतबार दिउँसो दुर्घटनामा परेको हो।

तरकारी लिएर अछाम जादै अवस्थामा चालक अनियन्त्रीत भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले आसंका गरेको छ।कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुशार चालकको परीचय भने खुल्न बाँकी नै छ। दुर्घटनामा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुस