विकास सिह महता कञ्चनपुर, असार २८ । कञ्चनपुरका एक विद्यार्थी नेताले राजनीतिक संगै ‘कस्मेटिक’ व्यवसाय सञ्चालन गरेका छन् । जिल्लाका विद्यार्थी नेता नरेन्द्र भाटले विद्यार्थी राजनीतिसंगै ‘कस्मेटिक’ व्यवसाय शुरु गरेका हुन् । उनले महेन्द्रनगर बजारमा ‘डाईमण्ड कस्मेटिक फेन्सी एण्ड गिफ्ट सेन्टर संचालन गरेका छन् । सेन्टरमा बच्चादेखि महिलासम्मले प्रयोग गर्ने विभिन्न गिफ्ट लगायतका समान पाईनेछन् ।

शनिबारदेखि औपचरिक रुपमा व्यवसायी संचालन गरेका हुन् । विज्ञान विषयमा स्नाकोत्तर उर्तिण गरेका विद्यार्थी नेता भाटले राजनीति संगै आत्मनिर्भर बन्नका लागि व्यवसाय शुरु गरेको बताउँछन् । ‘हेर्नुहोस, कोरा राजनीतिकले केही हुँदैन, ‘उनले भने, ‘स्वच्छ, राजनीतिक हुनका लागि आत्मनिर्भर बन्नुपर्छ ।’

नाफामुखी भन्दा पनि सेवामुखी हिसाबले व्यवसाय शुरु गरेको बताउदै भाटले समाजका लागि सटर बन्द गरेर पनि लाग्ने बताए । ‘एकोहोरो राजनीति स्वच्छ, नहुने स्वच्छ राजनीतिका लागि कुनैपनि तैरतरिकाले आत्मनिर्भर हुनुपर्छ, ‘उनले भने, ‘अबको विकल्प भनेको आत्मनिर्भर सहितको राजनीति हो ।’ आत्मनिर्भर नहुँदा, राजनीति पनि स्वच्छ नहुने गुटउपगुट देखि भएकाले राजनीतिमा जोडिनेले कुनैपनि कोणबाट आत्मनिर्भर बन्नुपर्ने उनको भनाई छ । युवा पुस्ताले नै राजनीतिको नेतृत्व लिनुपर्ने भएकाले स्वच्छ राजनीतिका लागि आत्मनिर्भर आवश्यक रहेको उनले बताए ।

सिद्धनाथ विज्ञान क्याम्पसमा पुर्नगठित स्टुण्डेन्ट एसोसिएसन अफ फिजिकस९एसपिए० संस्थापक समेत रहेका नेता भाट दशकदेखि विद्यार्थी राजनीतिमा सकृय छन् । विभिन्न संमाजिक संस्था सहित केही उच्च मावि अध्यापन गराउँदै आएका भाटले स्वच्च राजनीतिका लागि आत्मनिर्भरको विकल्प नभएको दोहो¥याए । पसलमा एक पटक सेवाको मौका दिन समेत उनले आग्रह गरेका छन् ।

‘कुनैपनि ग्राहकलाई सन्तृष्ट पार्ने हाम्रो उदेश्य रहेको छ, ‘उनले भने, ‘बजारमा उपभोक्तलाई ठग्नु भन्दा गुणस्तरिय सेवा दिनेछौँ ।’ सहकर्मीले भाटको कामको प्रसंसा गरेका छन् । चाकरी राजनीतिक प्रथाबाट उन्मुक्तिका लागि आत्मनिर्भर बन्न व्यवसाय शुरु गरेको भन्दै भाटलाई साथीभाईहरुले शुभकामना दिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष निर्मला सापकोटाले सेन्टरको उद्घाटन गर्दै आत्मनिर्भर बन्न र बजारमा माग भए अनुसार गुणस्तरिय सेवा दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुस