कञ्चनपुर साउन २५ । सार्वजनिक विदामा अनुमती नलिएर चलाईएका पाँच वटा मोटरसाईकल कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय झलारीले शनिबार स्थानीय प्रशासनको अनुमती नलिएर बतासे झर्ना घुम्न पुगेका कर्मचारीले चलाएका नेपाल आयल निगम धनगढीका दुई र वेलौरी नगरपालिका कार्यालय सहित पाँच वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिईएको छ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक धर्मेन्द्र रावलले आयल निगम धनगढीका से १ म ८७ नम्बर र से१म ८५ नम्बरका दुईवटा र बेलौरी नगरपालिकाको म१व २८०, १९० र सु.प .प्र–०२–००१–व ५६८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
नियन्त्रणमा लिएका मोटरसाईकल आज सम्बन्धीत व्यक्तिलाई बुझाईने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस