कञ्चनपुर साउन २५ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ लल्लरेडाँडा गाउँका एक युवकले मदिरा सेवन गरेर आफ्नै श्रीमती दुरादेवी धामीको हत्या गरेको छ ।

मदिरा सेवन गरेर घरयासी विवादका कारण तारा धामीले श्रीमतीलाई लाठीको प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज राजेन्द्र बहादुर सिहले घरभित्रै महिलाको हत्या भएको बताए । मृतकको शरिरमा लाठी प्रहार गरेका घाउ रहेका छन् । मदिराले मात लागेका ताराले श्रीमतीलाई निर्दही तरिकाले हत्या गरिदिएका छन् ।

हत्याको आरोपमा श्रीमान तारा धामी पक्राउ परेका छन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमाष्टमका लागि महाकाली अस्पताल ल्याईएको छ ।

मृतक दुराका दुई छोराछोरी रहेका छन् । आमालाई बाबुले मारिदिएपछि आमा स्वर्गबास, बाबु जेल जाने भएपछि धामी दाम्पत्तीका छोराछोरी टुहुरा भएका छन् । कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले मानवता बिरोधी गतिबिधी भईरहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कार्बाहीको माग गरिएको बताए।

प्रतिक्रिया दिनुस