काठमाडौं, साउन २७ ,टीभीएस कम्पनिले पूरै नयाँ स्मार्ट प्रविधियुक्त अपाचे आरटीआर २००फोरभी मोटरसाइकल ल्याउने तयारी गरेको छ। कम्पनीले स्मार्ट कनेक्ट प्रणालीको, ब्लुटुथ इनेबल्ड, क्र्यास अलर्टसहितका विशेषतायुक्त स्मार्ट मोटरसाइकल बजारमा ल्याउनलागेको हो।

कम्पनीका अनुसार यसमा लिन एंगल मोड, लो फ्युल इन्डिकेसन, पम्प नेभिगेसनलगायतका स्मार्ट सुविधा हुनेछन्। त्यस्तै यसको इन्जिनले अधिकतम ८५ सय आरपीएममा १५.१ किलोवाट तथा ७५ सय आरपीएममा १६.८ एनएम अधिकतम टर्क क्षमता उत्पादन गर्छ।

यसमा ५ स्पिड गियरबक्स हुनेछ भने ३।९ सेकेन्डमै बाइकले शून्यबाट एकैचोटि ६० किमिसम्मको स्पिडमा पुग्नसक्ने कम्पनीको दाबी छ। यसको प्रतिघण्टा गति १२७ किमि रहेको छ।

नयाँ मोटरसाइकलमा एबीएससँगै रियर ह्विल लिफ्ट अफ प्रोटेक्सन नियन्त्रण प्रणाली छ। रेडियल टायरयुक्त बाइकमा एलईडी हेडल्याम्प र उन्नत क्लच सिस्टम रहेको छ। यसमा परिष्कृत प्रविधि जडान छ।

टीभीएसले ३७ वर्षदेखि रेसिङ लिगेसी बनाएको छ भने ३ करोड ३५ लाख ग्राहकसम्म पुगिसकेको छ। ६० देशसम्म कम्पनीका मोटरसाइकल पुगिसकेका छन्।

मध्यपूर्व, अफ्रिका, दक्षिणपूर्वी एसिया, ल्याटिन र मध्यअमेरिकासम्म कम्पनीका मोटरसाइकलहरु पुगिसकेका छन्। पछिल्लो समय कम्पनीले स्मार्ट प्रविधिलाई उच्च प्राथमिकता दिएको छ।

यो मोटरसाइकलमा साढे २ लिटरको रिजर्भसहित १२ लिटरको इन्धन ट्यांकी छ।

यी हुन् मुख्य विशेषता

यो बाइकमा फोर स्ट्रोक आयल कुल्ड इन्जिन छ। सिंगल सिलिन्डर अरेन्जमेन्ट रहेको इन्जिनको क्षमता १९७.७५ सीएम३ छ। ८ हजार आरपीएममा यसले २०.५ पीएस म्याक्सिमम पावर जेनरेट गर्न सक्छ भने ७ हजार आरपीएममा १८।१० एनएम म्याक्सिमम टर्क जेनरेट गर्छ।

इलेक्ट्रिक स्टार्ट सिष्टम रहेको बाइकमा ५ स्पिड गियर बक्स, ५ प्लेट स्लिपर क्लच रहेको छ। बाइकको उचाइ ११०५ एमएम, लम्बाइ २०५० एमएम र चौडाइ ७ सय ९० एमएम रहेको छ। त्यस्तै १३५३ एमएम ह्विलबेस भएको यो बाइकको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ। बाइकको ब्याट्री १२भी, ६एएच एमएफ छ भने एलइडी पोजिसन ल्याम्पसँगै एएचओ लिड हेडल्याम्प र एलइडी टेल ल्याम्प रहेको छ।

यो बाइकमा अगाडिको टायर ९०र९०(१७ ४९पी ट्युबलेस वा ९०र९०(१७ एमरसी ४९एस ट्युबलेस तथा पछाडि टायर १३०र७०(१७ एमरसी ६२पी ट्युबलेस वा १३०र७०(१७ एमरसी ६२एस ट्युबलेस वा १३०र७० आर१७ एमरसी ६२पी ट्युबलेस छ।

ब्रेकको कुरा गर्दा यो बाइकमा अगाडि २७० एमएम पेटल टाइप डिस्क तथा पछाडि २४० एमएम पेटल टाइप डिस्क ब्रेक छ। यो बाइकको कर्ब वेट १४९ किलोग्राम छ। यसको प्रतिघण्टा अधिकतम गति १२८ किमि रहेको कम्पनीले जनाएको छ।

स्मार्ट प्रविधिको भरपूर प्रयोग
यसबाहेक मोटरसाइकलमा स्मार्ट प्रविधिको भरपूर प्रयोग गरिएको छ। बाइकले गति लिँदै गर्दा टीभीएसको स्मार्ट एक्सोनेट एपले रेसको प्यारामिटर रेकर्ड गर्छ र चालकले सजिलै टेलिमेट्रीबाट स्क्रोल गर्न सक्छ।

त्यस्तै यो बाइकमा टर्नबाइटर्न नेभिगेसन छ। जसले टुर मोडसँगै सिंगल ट्रिपमा पनि टीभीएस स्मार्ट एक्सोनेट इनेबल हुन्छ। यसबाट चालकलाइ तेल हाल्ने स्थान, अस्पताल, रेष्टुराँजस्ता रोक्नैपर्ने स्थानबारे जानकारी मिल्नेछ। अर्को स्मार्ट विशेषता भनेको स्मार्ट एक्सोनेटले फोन कल वा एसएमएसबारे डिस्प्लेमा जानकारी दिन्छ।

बाइकमा इन्धन कम भएको बेला जानकारी दिने प्रविधि रहेकाले चालकलाइ पहिले नै जानकारी हुन्छ भने इन्फो स्विच थिच्नेबित्तिकै यसले नजिकको पेट्रोल पम्पबारे जानकारी दिन्छ। त्यस्तै यसले क्र्यास अलर्ट अर्थात् सम्भावित दुर्घटनाको चेतावनी दिन्छ। यसमा रहेको युनिक सेफ्टी फिचरले बाइक लड्नलागे यसको अलर्ट सिस्टम मोड इनेबल भएर १८० सेकेन्डमै राइडरको इमरजेन्सी कन्ट्याक्टलाइ सूचित गराउँछ। यसले लोकेसनबारे पनि जानकारी दिन्छ। नेपाल खवरबाट

प्रतिक्रिया दिनुस