कञ्चनपुर ,भाद्र २ । कञ्चनपुरका विभिन्न निजीै क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकले लकडाउन भरिको तलव पाउनुपर्ने माग अघि सारेका छन् । संस्थागत विद्यालय शिक्षक यूनियनले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सात दिन भित्र शैक्षिक सत्रको पुरै तलब दिन माग अघि सारेका हुन् । यूनियनले लकडाउन अवधिको कम्तिमा तीन महिनाको तलब कटौती नगरि दिनुपर्ने माग अघि सारेका हुन् ।‘लकडाउनको बहानाबाजी गरि अघिल्लो शैक्षिक सत्रको तलब नदिने तथा विषम परिस्थितिमा शिक्षक कर्मचारीको रोजिरोटी खोस्ने कार्य गैरकानुनी, अमानविय एव घोर भत्सर्नायोग्य छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘यस्ता गतिबिधी प्याब्सन र एनब्यासन विद्यालय संचालकको लागि समेत आत्मघाती हुने निष्कर्ष यूनियनको छ ।’

यूनियनका अध्यक्ष घनन्जय जोशी र सचिज चन्द्रसिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा तलब नदिए जिल्लाभरीका निजी विद्यालयका शिक्षक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । संस्थागत विद्यालय शिक्षक यूनियन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष माधव राज पन्तले संस्थागत विद्यालयका शिक्षकको पनि बाल विकासदेखि १२ सम्म शैक्षिक गुणस्तरमा भूमिका भएकाले उनीहरुको समेत पिरमर्का बुझेर संचालकले पारिश्रमिक दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुस