काठमाडौँ भाद्र २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

१ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य, मालती मङ्गले,गीतिनाटक, हिमालपारि हिमालवारि गीतिनाटक, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी गीतसङ्ग्रह, चारु चर्चा निबन्ध, आफ्नो बाँसुरी आफ्नै गीत निबन्ध लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत ुगाउँछ गीत नेपालीु का साथै तारादेवीले गाएको ुमनको बाँधु चलचित्रको ुफूलको थुङ्गा बगेर गयोु तथा नारायणगोपालले गाएको ुआजै र राति के देखेँ सपनाुजस्ता गीत पनि रचेका थिए ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । स्वच्छन्दतावादी कवि घिमिरे राष्टवादी देशप्रेम भावनाका थुप्रै कविता पनि रहेका छन ।

प्रतिक्रिया दिनुस