कञ्चनपुर भाद्र ३ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले सामुहिक रुपमाजमघट गरि गौरा तिज मनाउन रोक लगाएको छ । कोरोना भाईरसको संक्रमण फैलिन नदिन रोकथाम नियन्त्रण एव जोखिम न्यूनिकराण्का लागि कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा, तिज लगायतका पर्व मनाउन रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनकार्यालयले सुचना जारी गर्दै चाडपर्वहरु सार्वजनिक स्थहरुमा मानिसको सामुहिक जमघट, भेला हुने गरि मनाउने कार्यलाई पूर्ण रुपमा नगर्ने नगराउने भन्ने आदेश भएको हुँदा चाडपर्वहरु आ–आफ्नो घरमा रही जनस्वास्थ्य मापदण्ड पालना गरेर परिवारक सदस्यसंग मात्र मनाउन अनुमति दिएकोछ ।

प्रशासकिय अधिकृत खगेन्द्र भारतीद्वारा हस्ताक्षरित गरिएको सुचनामा कहिकतै यस्ता क्रियाकलाप कोही कसैबाट उलङघन भए संक्रामक रोक ऐन २०२० लगायत अन्य प्रचलित कानुन बमोजिम कार्बाही हुने चेतावनी दिएको छ । उस्तै पनि यस बर्ष कोडिभका कारण गौरा, तिज लगायतका पर्वहरुमा प्रभावित हुने देखिएका छन् । घर, मदिरामा पुजाआजा बाहेक मेला, देउडा नहुने भएको छ ।

प्रतिक्रिया दिनुस