अछाम ,भदौ, ३ । अछामको एक गाँउको बस्ती पुरै बाढीले बगाएको छ। जिल्लाको रामारोसन गाउँपालिका वडा नम्बर ५ सैन बजार क्षेत्र पुरै बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुशार कैलाश खोलामा आएको बाढीले सैन बजार पुरै बस्ती बगाएको छ। करिब १६ बढी घर बगेका छन्। ४ जनाको शव फेला परेको उनले बताए।

तर सनाखत भने हुन सकेको छैन। स्थानीलाई ज्यान जोगाउनै मुस्किल भइरहेको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बताइन्। उनले अहिले सम्म १९ जना भन्दा बढी बेपत्ता रहेका बताइन्।

प्रतिक्रिया दिनुस