क्ञचनपुर ८, भाद्र । बैतडी जिल्ला आज राति १२, बजे देखि १४ गतेसम्मका लागि लकडाउन हुने भएको छ । गौरा पर्वको समयमा भिडभाड हुन सक्ने भन्दै जिल्लालाई सोमबारदेखि लकडाउन गरिने भएको हो । आइतबार बसेको कोभिड– १९ जिल्ला स्तरिय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार राति १२ बजेदेखि १४ भदौ राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

गौरा पर्वको समयमा भिडभाड बड्न सक्ने भएकाले लकडाउन गरिने भएको उनको भनाइ छ । स्वास्थ्य तथा अत्याआवस्यक बाहेकका सबै आवतजावत बन्द हुने भएको छ ।

प्रतिक्रिया दिनुस