कञ्चनपुर,७ ,भाद्र । एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको आजबाट एकीकृत वित्तीय कारोबारको शुरु भएको छ।कञ्चनपुरको महेन्द्रनगमा मुख्य केन्द्रिय कार्यालय रहेको सुदूरपश्चिमको आर्थिक सहयात्रीको रुपमा रहेको कञ्चन डेभलपमेन्ट बैंक र बबरमहल काठमाडौंमा मुख्य केन्द्रिय कार्यालय रहेको “एनएमबि बैंक लि ”को आजबाट एकीकृत वित्तीय कारोबारको शुरु भएको हो ।

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि” नै रहने छ भने रजिष्ट्रर्डरमुख्य कार्यालय साविककै बबरमहल काठमाडौंमा रहने छ।

प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी)समेत बलियो रुपमा स्थापति हुने जनाइएको छ। जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु¥याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्दत गर्ने बताइएको छ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुस