कञ्चनपुर, भाद्र, ७ । कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका पाँच महिला र १० पुरुष गरी १५ जना, धनगढी उपमहानगरपालिकाका चार महिला र चार पुरुष गरी आठ जना, घोडाघोडी नगरपालिका ११ का तीन पुरुषमा कोरोना पुष्टि भएको बताए।

यस्तै भजनी नगरपालिका २ का एक महिला र तीन पुरुष गरी चार जना, जोशीपुर २ का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कञ्चनपुरको पुर्नवास नगरपालिकाका दुई महिला र चार पुरुष गरी ६ जना, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष गरी दुईजना तथा स्थानीय तह नखुलेका थप दुई गरी १० जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच हजार चार सय ६ पुगेको छ। दिनेश खवरबाट

प्रतिक्रिया दिनुस