विकास सिह महता, कञ्चनपुर भाद्र ५ । नेपाल राहत शिक्षक आन्देलन परिचालन संघर्ष समिति कञ्चनपुरको संयोजकमा गोबिन्द बहादुर ढाँट चयन भएका छन् । राहत शिक्षकको भेलाले ढाँटलाई नेपाल राहत शिक्षक आन्देलन परिचालन संघर्ष समिति कञ्चनपुरको संयोजकमा चयन गरेको हो ।
सह संयोजक : हिरासिह ऐरी, सदस्यहरु तर्फ बिरेन्द्र ब। सिह, लवदेव अवस्थी सर्वजीत बुढा, गणेश धानुक, कौसिला ओझा, हर्क ब। सेटी, लक्ष्मी खडका, तर्कराज पन्त, अमर सिह खाउद रहेका छन् ।

राहत शिक्षकले जिल्लाका नगर तथा गाँउपालिका स्तरिय पनि संघर्ष समितिका संयोजक तोकेको छ । बेलडाँडी र लालझाडी गाँउपालिका क्रमस हरिचन्द्र जैसी, लालझाडी रुपा धामी, भीमदत्त जगत धामी, महाकाली बाबुदेव कडेल, बेदकोट महेश भट्ट , शुक्लाफाँटा लोकेन्द्र कुँवर, कृष्णपुर शुभाष पन्त , पुनर्वास जय ब। मडै, बेलौरी लोकमणी अर्याल चयन भएका छन् । राहत शिक्षक केन्द्रीय सदस्य तथा एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेता समेत रहेका संयोजक गोबिन्द ढाँटले दरबन्दी मिलानमा राहत शिक्षकमाथि भईरहेको शोषण बिरुद्ध संघर्ष गरिने बताए ।

प्रतिक्रिया दिनुस