अछाम ,भाद्र,५ । अछाम बाढी पीडितका लागि सामग्री लिएर गृहमन्त्री सहित डा. भीम रावलको टोली अछामको रामारोशन गाउँपालिकाको सैनीबजार बाढी प्रभावित क्षेत्रमा गएको छ ।

शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सुर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने कार्यक्रम रहेको छ ।

टोलीमा गृहमन्त्री राम बहादुर थापा बादल, सांसदहरु शेरबहादुर कुँवर र तारामान स्वाँर , गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।

अछाम लैजाने सामग्रीहरु धेरैजसो नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराइदिएको छ ।अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुस