कञ्चनपुर भाद्र १० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना समुदायमा फैलिएको आशंका गरिएको छ । भारतबाट आएका धेरै जसो मानिसहरु होम क्वारेनटाइमा शुरक्षित बस्न नसेको बुझिएको छ । शुक्लाफटा वार्ड नं २ का कोरोना पोजिटिप देखिएका टोल छिमेका व्यत्तिहरुमा फैलिएको हुन सक्ने शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य उत्तर देव भट्टले बताए ।

न्यायिक समिति सदस्य उत्तर देव भट्टका अनुसार आरडिटि रिर्पाट नेगिटिप आएका व्यत्तिलाई पिसिआर चेक गर्दा कोरोना पोजिटिप देखिएको छ । पिसिआर चेक गर्दा कोरोना पोजिटिप देखिएका व्यत्ति रिर्पाट आउनु भन्दा पहिले देखि समुदायमा घुलमिल भइसेको बुझिएकोले समुदायका व्यत्तिहरुमा समेत कोराना फैलिएको हुन सक्ने आशंका रहेको छ । त्तकाल कोरोना पोजिटिप देखिएका व्यत्तिको सम्पर्कमा आएका सबैको स्वाव संकलन गरेर चेक जाँच गर्नु पर्ने देखिएको न्यायिक समिति सदस्य भट्टले बताए । सदस्य भट्टले जिम्मेवारि बाट भाग्ने छुट सकैलाई छैन भनेर समाजिक सञ्जालमा आक्रोस समेत व्यत्त गरेका छन ।

शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य उत्तर देव भट्टले सामाजिक सञ्जालमा व्यक्त गरेको जस्ताको तेस्तै कुरा शुक्लाफाँटा नगरपालिका वडा नं २ मा हाम्रो कमजोरि रहेको छ।समयमै सबै मिलि सच्याउ, यो कुनै ब्यक्तिवशेषको गल्ति भन्दा पनि रहस्यमय कोरोना लाई बुझ्न नसक्नु हो।
चक्र साउद श्रवण १०तगे भारत बाट घर पुगे १८ गते आरडिटि चेक भो नेगेटिभ रिपोट आयो पिसिआर चेक भएन भने उनि असन्तुष्ट थिए ।भाद्र १ गते स्वाब संकलन भयो ९ गते रिर्पोट पोजेटिभ आयो ।जवकि उनि श्रवण २४ र २५ गते देखि घर, सामाजसँग घुलमिल भैसकेका सुनिएको छ।उहाँ सँग बुझ्दा पनि घर परिवार र छरछिमेकका घुलमिल गरिसकेका छन । अब कन्ट्याक ट्रेसिङ् गर्नु पर्छ ।जिम्मेवारि बाट भाग्ने छुट सकैलाई छैन ।

प्रतिक्रिया दिनुस