कञ्चनपुर, भाद्र, ११ । कञ्चनपुरको पुनर्वासमा बुधबार राति चट्यान लागेर एक युवकको मृत्यु भएको छ । गयराती हाएको हावाहुरीसंगै बर्षाका समयमा परेको चट्यानले पुर्नवास नगरपालिका ११ अमर बस्तीका युवक गणेश सिहको मृत्यु भएको हो । हावाहुरीसंगै बर्षाका समयमा परेको चट्यानले समाजिक अभियन्ता सिहले लडेर घाईते भएका थिए ।

उनलाई त्यहाँबाट राति उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लैजाने क्रममा उन्को मृत्यु भएको थियो । सिहको शव बिहीबार बिहानसम्म अस्पालमा राखिएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा केही दिन अघि बेलौरीका एक युवकको मृत्यु भएको साता नवित्दै पुनर्वासमा अर्का युवकको चट्यान लागेर मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुस