कञ्चनपुर भाद्र ११ । कञ्चनपुरको माहाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैमा १०३ डिग्री १०३ डिग्री भन्दा बढी ज्वरो देखिएको हो ।

उच्च् ज्वरोको लक्षण देखिएका ३ देखि ४ दिनभित्र सबैको मृत्यु भएको हो । दोधारा चाँदनीस्थित दोधारा स्वास्थ्य केन्द्रका अनुसार उनी सबैको १० दिन यता ज्वरो आएर मृत्यु भएको छ ।

स्वास्थ्य केन्द्रका अनुसार १० दिन भित्र ८ जनामा यस्तो लक्ष्मण देखिएको छ । त्यसमध्ये ६ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था गम्भीर छ भने अर्का सञ्चो लागेको छ ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका डा .गगन चौधरीले लक्ष्यण देखिएको ३ देखि ४ दिनभित्र सबैको मृत्यु भएको बताए ।

डा. चौधरीले यो रोगको बारेमा केही पत्ता नलागेकोले ज्वरो आउने बित्तिक्कै प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न डा. गगन चौधरीले आग्रह समेत गरेका छन् ।उनले रोगले महामारीको रुप लिन सक्ने भन्दै सबै निकायलाई गम्भीर हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस