कञ्चनपुर भाद्र ११ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा समुदाय भित्र कोरोना पोजेटिभ देखिएको छ । बेलडाँडी गाउँपालिका वडा नं. २ मा बस्ने श्रीमान श्रीमतीलाई कोरोना पोजेटिभ देखिए पछि बेलडाँडी गाउँपालिका वडा नं.२ शुक्रवार देखि सिल हुने भएको छ ।

वडा नं. २ मा बस्ने श्रीमान श्रीमतीलाईकोरोना पोजेटिभ देखिए पछि शुक्रवार देखि वडा सिल हुने भएको गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार घरमा बस्ने बर्ष ६ं०का श्रीमान श्रीमतीलाई कोरोना पोजेटिभ देखिएकाले उनी संग संलग्न रहेको सबैको स्वाब परिक्षण गरिने बताउदै उक्त वडा १८ गते सम्मका लागि सिल गिरिने बताए ।

अन्य वडामा पनि स्वाब परिक्षण गरिने बताउदै सर्वजनिक स्थानमा जानेवेला अनिर्वाय मास्क, समाजिक दुरी कायम गर्नु पर्ने बताउदै यसको उल्लघन गरेको पाइए रु एक सय देखि जरिवाना गर्ने समेत गाउँपालिकाको तयारी रहेको जनाइएको छ । बेलडाँडीमा समुदायमा बस्नेहरुमा कोरोना देखिन थााले पछि स्थानीय निकै चिन्तित भएका छन ।

प्रतिक्रिया दिनुस