कञ्चनपुर,भाद्र १२ । जनबाहिनी नेपालको अगुवाईमा भ्रष्टाचार विरुद्ध बेदकोट नगरपालिकामा खबरदारी सुरु गरिएको छ । शुक्रबार बेदकोट नगरपालिका ६ मा भ्रष्टाचार विरुद्ध खबरदारी गरिएको हो । जन बाहिनी नेपालका संयोजक शिरोमणी कुमार ओझा(सूर्य)ले बेदकोट नगरपालिकाका सबै विकास निर्माणमा भ्रष्टाचार गरिएकोले खबरदारी शुरु गरिएको बताए ।
‘आजदेखि सुरुवात गरेका छौ, यसलाई निरन्तरता दिन्छौ’ उनले भने । बेदकोट नगरपालिका ६ चुनेपानीमा निर्माण गरिएको गौशालामा समेत भ्रष्टाचार गरिएकाले यहींबाट खबरदारी सुरु गरिएको बताए । वडा अध्यक्ष फट्टे रानाको उपस्थितिमा खबरदारी गरिएको छ ।

जनवाहिनीका संयोजक ओझाको नेतृत्वमा केही दिन अघि बल्मा पुल निर्माण ढिलासुस्ती विरुद्ध खबरदारी गरिएको थियो । खबरदारीका क्रममा भ्रष्टाचार र जनजीवनसंग जोडिएका सबै विषयलाई प्राथमिकता दिइएको उनले बताए । ‘गौशाला निर्माण, चौधरा नदी नियन्त्रण, वन संरक्षण, आरक्ष पीडित लगायतका विषयमा खबरदारी गरिएको संयोजक ओझाले हाम्रो कालापानी खवरलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस