काठमाडौं भाद्र १२ । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ आज मात्रै थप नौ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वरप्रसाद गौतमले २४ घण्टामा १० हजार दुई सय २९ जनाको नमूना परीक्षण गर्दा नौ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

यो सँगै संक्रमितको संख्या ३६ हजार चार सय ५६ पुगेको छ। काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै चार सय १५ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै नेपालमा थप एक सय ६९ जना डिस्चार्ज भएका छन्।

शुक्रबारसम्म निको हुनेको संख्या पनि २० हजार दुई सय ४२ जना पुगेको छ। अहिले १६ हजार १९ जना आइसोलेसनमा उपचाररत छन् भने आज मात्रै थप कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुस