काठमाडौं भाद्र १४ । नेपालमा पछिल्लो २४ घण्टामा देभभर १४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२१पुगेको छ। आइतबार ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

नवदुर्गा गाउँपालिका सुनसरीका ७४ वर्षिया, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षिय महिला संक्रमितको मृत्यु भएको छ।त्यसैगरी, सुनसरीका ६० वर्षिय मोरङको ६२ वर्षिय, महोत्तरीका ७० र ३५ वर्षिय, रौतहतका ३० वर्षिय, ललितपुरको २९ वर्षिय, भक्तपुरको ६५, नवलपरासीको ६२ वर्षिय र रुपन्देहरीको ५७ र ७६ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुस