कैलाली भाद्र १४ । कैलालीमा रहेको त्रिनगर नाका धेरै बर्ष पछि विवादमा तानिएको छ। कञ्चनपुरको सीमाभित्र पर्ने त्रिनगर नाका कैलाली प्रशासनको संरक्षणमा रहेपनी यस कञ्चनपुर मातहत नै तानिएको हो।

एकातिर कैलाली प्रशासनले उक्त नाकाको संरक्षण गर्न नसकेको भन्दै भदौ १० गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दे सम्पूर्ण सुरक्षा जिम्मा लिएको थियो।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उक्त नाका आफू मातहत तान्दै उक्त भन्सारको रेखदेखको जिम्मेवारी लिएको हो। जसका लागी सशस्त्र प्रहरीको विओपी स्थापना गरीएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।

उनले भने,–‘त्रिनगर नाका कञ्चनपुरकै हो।’ यस पटक सम्पूर्ण सुरक्षा व्यवस्था सहित आफुमातहत ल्याइएको कञ्चनपुर प्रशासनले जनाएको छ।तर कैलाली प्रशासन भने अन्तिम निर्णयमा पुग्न सकेको छैन। उक्त क्षेत्र कञ्चनपुरकै भएपनी वर्षैदेखी संरक्षण गर्दे आइरहेको कैलाली प्रशासनको जिकिर छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले त्रिनगर नाका कञ्चनपुरमै रहेको बताए। प्रदेश राजधानी नजिक रहँदा संरक्षणमा चुनौती देखीपछी कैलाली प्रशासनले सुरक्षामा सहयोग गर्दे आइरहेको उनले बताए।

त्रिनगर भन्सार नाका कञ्चनपुर प्रशासनको संरक्षणमा रहे पनि भन्सार कार्यालयको कामकाज भने कैलाली बाटै हुने भएको छ। कञ्चनपुरको बेलौरी स्थित छोटी भन्सार र त्रिनगर नाकाको कारोबार कैलाली भन्सार कार्यालय बाट नै हुने प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

हटाइए खोका छाप्रा :

कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ११ अन्तर्गत पर्ने त्रिनगर नाका आसपासका खोका छापा हटाइएका छन्। नाका क्षेत्रमा असुरक्षाको कारण देखाउँदै करिब सय बढी खोका छाप्रा हटाइएर उक्त क्षेत्रको सफाइ गरीएको कञ्चनपुर प्रशासनले जनाएको हो।

प्रतिक्रिया दिनुस